बझाङमा मंगलबारबाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ। हप्ताको बिहिबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयर सेवा दिने भएको हो।
धनगढी–बझाङको भाडादर भने ५ हजार ४८ रुपैंया तोकिएको छ। समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७,२८ र २९ गते निरन्तर उडान गरिने भएको छ भने त्यसपछि नागरिक उड्ययन प्राधिकरणको तालिकाअनुसार बिहिबार र शुक्रबार मात्रै उडान हुने छ।

देवल विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परिक्षण उडान भएको थियो। धनगढी–बझाङ यात्रा गर्न २५ मिनेट व्यतित हुने गरेको छ।