सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ,:”फरिसीहरूले येशूको विरोध किन गरे भनी के तपाईंले यसको जड जान्न चाहनुहुन्छ? के तपाईंले फरिसीहरूको सार जान्न चाहनुहुन्छ? तिनीहरू मसीहको बारे कल्पनाहरूले पूर्ण थिए? यसको अलवा, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास मात्र गरे, तर जीवनको सत्यताको खोजी गरेनन्। त्यसैले तिनीहरूले आज पनि मसीहको प्रतिक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो सो जान्दैनन्।
यस्तो मूर्ख, हट्ठी र निर्बुद्धि मानिसहरूले, मानी लिऔँ तपाईंले, परमेश्वरको आशिष् कसरी प्राप्त गर्न सक्थे? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा गर्न सकेनन्, किनभने तिनीहरूले येशूले बोल्नुभएको सत्यता जानेनन्; यसको अलवा, तिनीहरूले मसीहलाई बुझेनन्। किनभने तिनीहरूले मसीहलाई कहिल्यै देखेका थिएनन्, मसीहको साथमा रहेका थिएनन्, तिनीहरूले मसीहको सारलाई सम्भावित कुनै पनि साधनहरूले विरोध गरिरहँदा मसीहको नाउँप्रति व्यर्थमा लागिरहने गल्ती गरे। वस्तुतः यी फरिसीहरू हट्ठी र अहङ्कारी थिए र सत्यताको पालन गर्दैनथे।
परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तपाईंको प्रचार जति नै गहन भए पनि, तपाईंको अधिकार जति नै उच्च भए पनि, तपाईंलाई मसीह नभनिएसम्म तपाईं मसीह होइन। के यी विचारहरू उपहासपूर्ण र हाँस्यस्पद छैनन्? मैले तपाईंलाई अझै अरू प्रश्नहरू सोध्नेछुः तपाईंले पनि प्राचीन फरिसीहरूले गरेको गल्ती गर्न अत्यन्त सजिलो छ, किनभने तपाईंसित येशूको थोरै बुझाइ पनि छैन। के तपाईंले सत्यताको मार्ग ठम्याउन सक्नुहुन्छ? तपाईंले येशूको विरोध गर्नुहुनेछैन भनी के तपाईंले साँच्चै कबुल गर्न सक्नुहुन्छ? के तपाईंले पवित्र आत्माको कार्य अनुशरण गर्न सक्नुहुन्छ? यदि तपाईंले ख्रीष्टको विरोध गर्नुहुनेछ भनी जान्नुहुन्न भने, मैले भन्छु, तपाईं अघिदेखि नै मृत्युको खतरामा जिइरहनुभएकको छ।
मसीहलाई नचिन्नेहरूले येशूको विरोध गर्न सक्छन्, येशूलाई इन्कार गर्न सक्छन् र उहाँको निन्दा गर्न सक्छन्। येशूलाई नबुझ्ने मानिसहरूले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। यसको अतिरिक्त, तिनीहरूले येशूको आगमनलाई शैतानको छलको रूपमा देख्न सक्छन् र धेरै मानिसहरूले येशू मानिसहरूकहाँ फर्कनुभएको कुराको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तपाईंलाई भयभीत तुल्याउँदैनन्? तपाईंले सामना गर्ने कुरा पवित्र आत्मा विरुद्धको ईश्वर-निन्दा, मण्डलीहरूप्रति पवित्र आत्माको वचनको बरबादी र येशूले व्यक्त गर्नुभएको सबै कुराको तिरस्कार हुनेछ।
यदि तपाईं नै यति धेरै अन्योलमा हुनुहन्छ भने तपाईंले येशूबाट के प्राप्त गर्न सक्नुहुन्छ? यदि तपाईंले आफ्नो त्रुटिलाई महसुस गर्न हठपूर्वक इन्कार गर्नुहुन्छ भने येशू सेतो बादलमा मानिसहरूकहाँ आउनुहुँदा तपाईंले उहाँको काम कसरी बुझ्न सक्नुहुन्छ? म तपाईंलाई यसो भन्छुः सत्यता ग्रहण नगर्ने, तैपनि सेतो बादलमा हुने येशूको आगमनलाई अन्धाधुन्द प्रतिक्षा गर्ने मानिसहरूले पवित्र आत्मा विरुद्ध निश्चय नै निन्दा गर्नेछन् र तिनीहरू नष्ट पारिने कित्ताका मानिसहरू हुन्छ।
तपाईंले येशूको अनुग्रहको मात्र चाह गर्नुहुन्छ, स्वर्गको उल्लासपूर्ण राज्यको आनन्द लिन मात्र चाहनुहुन्छ; तैपनि येशूले बोल्नुभएका वचनहरू तपाईंले कहिल्यै पालन गर्नुभएको छैन, र येशू शरिरमा आउनुहुँदा बताउनुभएको सत्यता कहिल्यै ग्रहण गर्नुभएको छैन। सेतो बादलमा हुने येशूको आगमनको तथ्यको सट्टामा तपाईंले के खडा राख्नुहुनेछ? पटकपटक पाप गर्ने अनि बार-बार स्वीकार गर्ने, के सच्चाइ यही हो? सेतो बदलमा आउनुहुने येशूलाई तपाईंले के बलिदान चढाउनुहुनेछ? के यो आफैलाई उच्च पार्ने कार्यको वर्ष हो? फर्केर आउनुभएको येशूलाई तपाईंप्रति भरोसा गराउन तपाईंले के खडा राख्नुहुनेछ? के कुनै सत्यता पालन नगर्ने तपाईंको त्यही अहङ्कारी स्वभाव नै हो .