फेवातालमा डुबेर सुरजको मृत्यु

धादिङ असोज २७ । धादिङको त्रीपुरासुन्दरी गाउँपालिका वडा नं १ घर भएका २२ वर्षिय सुरज नगरकोटीको फेवातालमा डुबेर मृत्यु छ ।

विगत ५ वर्षदेखि पोखरा रंगशालामा काम गर्दै धादिङ त्रीपुरासुन्दरीका सुरजको पोखरा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको हो ।

३ जना साथी सहित फेवातालमा पौडी खेल्न पसेका सुरज बाहिर निस्कन सकेनन् । उनी डुबेपछि सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेनाको टोली र बैदामसहितको नेपाल प्रहरीको टोली उद्धारमा जुटेपनि उनको जिवित उद्दार गर्न नसकिएको प्रहरीले जनाएको छ ।