काठमाडौं । गायिका डा.रानी शाक्यको नयाँ गीत ‘फापरको रोटी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीत गायनमा रानीलाई गायक विक्रम थापाले स्वरमा साथ दिएका छन् । गणेश सुबेदीको शब्द र विक्रम थापाको संगीत रहेको गीतको भिडियोमा भने पुष्प खडका र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।बुद्ध थापाको सिनेमाटोग्राफी, विकाश धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।