साउदी अरबले साउदीले कोभिड-१९ को सङ्क्रमणको कारण देखाउँदै दुई हप्ता अघिदेखि सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ।
प्रतिबन्ध कहिलेसम्म जारी राख्ने भन्ने बारेमा भने केही बताइएको छैन। कोरोना सङ्क्रमणका कारण केही देशबाट आउने नागरिकको यात्रामाथि लगाएको प्रतिबन्धलाई कायमै राखेको जनाएको छ।भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो। त्यसैगरी ती देशमा साउदी अरवका नागरिकलाई पनि ती मुलुकमा जान नदिने गरी उडान पनि बन्द गरेको बताइएको छ।
तर यो प्रतिबन्ध सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरूको हकमा भने लागु हुनेछैन्।तिबन्ध बुधबारदेखि लागू हुनेछ।
साउदी अरबमा तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमितहरु रहेका बताइएको छ। त्यहाँ पछिल्ला दिनहरूमा ठूलो संख्यामा सङ्ंक्रमितहरू फेला पर्न थालेका छन्।