भिटिमीन डीको कमीले हड्डी कमजोर हुन्छ

हामीले खाने खानाले हाम्रो भोक मात्रै शान्त पार्ने काम गर्दैन । यसले हाम्रो शरीरमा भइरहने विभिन्न दैनिक प्रक्रियाहरु सही ढंगले संचालन गर्न मद्दत गर्ने विभिन्न तŒवहरु पनि शरीरमा आपूर्ति गर्नेगर्छ । त्यस्ता तत्त्वहरु प्रोटिन, कार्बाेहाइड्रेट, बोसो, पानी र विभिन्न खनिजहरु हुन् । ती तत्वहरुका साथसाथै हाम्रो शरीरलाई अर्को महत्त्वपूर्ण तत्त्‍व पनि चाहिन्छ । त्यो तŒवलाई हामी भिटामिन भनी चिन्ने गर्छौं ।

भिटामिनको निर्माण बिरुवा र प्राणी दुबैमा हुने गर्छ । हाम्रो शरीरमा भइरहने अत्यन्त जरुरी प्रक्रियाहरुलाई कुनै बाधाबिना संचालन गर्न भिटामिन अति आवश्यक हुन्छ । भिटामिनले हाम्रो शरीरको बढ्ने प्रक्रियामा पनि मद्दत गर्ने गर्छ । भिटामिन पनि धेरै प्रकारका छन् । तिनीहरु भिटामिन ए, बी, सी, डी, इ र के हुन् । शरीरमा भिटामिनको मात्रा कम भयो भने विभिन्न रोगहरु लाग्न सक्छन् । उदाहरणको लागि भिटामिन ‘ए’ को कमी भयो भने हाम्रो आँखा कमजोर हुन्छ । भिटामिन ‘बी’ को कमी भयो भने बेरी–बेरी नामक रोग लाग्ने गर्छ । भिटिमीन डीको कमीले हड्डी कमजोर हुन्छ ।

पहिले पहिले मानिसलाई भिटामिनको बारेमा केही थाहा थिएन । तर पनि उनीहरुलाई केही प्रकारको खाना नपुग्दा विभिन्न रोगहरु लाग्ने गरेको कुरा भने अवश्य थाहा थियो । त्यो समयमा मानिसहरु जहाजमा धेरै लामो यात्रा गर्ने गर्थे । यात्राको बेला जहाजका मानिसहरुले प्रशस्त मात्रामा ताजा सब्जी र सागपातहरु खान पाउँदैन थिए । त्यही भएर उनीहरुलाई स्कर्भी (Scurvy) नामक रोग लाग्ने गर्थ्यो । विशेष गरेर भिटामीन सीको कमी हुँदा लाग्ने यो रोगले मानिसको गिजा र स्नायु प्रणालीलाई असर गर्ने गथ्र्यो । १७ औँ शताब्दीतिर आएर मानिसहरुले के थाहा पाए भने अमिलो खानेकुराले यो रोगबाट बच्न मद्दत गर्छ । त्यसैले त्यसबेलादेखि यस रोगबाट बच्न जहाजमा यात्रा गर्ने मानिसहरुलाई कागती दिइन थालियो ।रातोपाटी