कार्तिक १, काठमाडौं । दिपक ब्राइटको नयाँ गीत ‘कान्छा र कान्छी’को भिडियो हिजो एक कार्यक्रमका बिच बिमोचन भएको छ । ललितपुरमा आयोजित उक्त कार्यक्रममा अधिबक्ता तथा पास्टर बुद्ध घिसिङले गितको भिडियोलाई प्ले गरि औपचारिक रूपमा विमोचन गर्नु भएको हो भने कार्यक्रम प्रस्तोता तथा पास्टर संगम के.सी.ले उक्त भिडियोको लागि प्रार्थना तथा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित विभिन्न संचार माध्याम तथा संगीत क्षेत्रमा आवद्ध व्यक्तिहरुले उक्त म्युजिक भिडियोले इसाई समुदायमा राम्रो प्रभाव पार्ने विश्वास ब्यक्त गरेका छन् ।
प्रेम कथालाई इसाई सु-समाचारीय मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको भिडियोमा बज्र लामा र स्वरूपा बलको सशक्त अभिनय रहेको छ ।
उक्त गितमा लोकप्रिय गायक राजु तामाङ्ग र सुष्मा विश्वकर्माको स्वर रहेको छ भने गीतमा शब्द तथा संगीत दिपक ब्राइटले नै दिएका छन् । भिडियोलाई राहुल राईले छायांकन गरेका छन् भने विरेन तितुङले निर्देशन गरेका हुन् । लोहनी परिवार, होलि लाइफ चर्च अमेरिकाको निर्माण रहेको उक्त म्युजिक भिडियोलाई विनोद याक्खाले सम्पादन गरेका छन् भने आमोस तामाङको संगीत संयोजन रहेको छ । र मन्दिप रानामगरको कोरियोग्राफी रहेको छ । उक्त गितको भिडियो ‘दिपक ब्राइट्स अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।