गाेरखामा अब पुरानै भाडादर कायम,बढि भाडा लिएमा कारवाही

जिल्ला प्रशासन कार्यलय गाेरखाले आज एक सूचना जारी गरी सार्वजनिक सवारी साधनहरुले २०७६ चैत्र ११ गते अघि लिएकाे भाडा दरमा स्वास्थ्य मापदण्ड पुरा गरी सवारी सञ्चालन गर्न निर्देशन गरेकाे छ ।

चाडपर्वकाे माैका पारी बढि भाडा लिएमा कारवाही गरिने प्रमुख जिल्ला अधिकारि तिर्थराज भट्टराइद्वार हस्ताक्षेरित सूचनामा उल्लेख छ ।

दशैँका समयमा पिङ हाल्ने,जात्रा लगाउने लगायतका काम गरेमा समेत स्थानीय प्रशासन ऐन २०२८ तथा सङक्रामक राेग ऐन २०२० अनुसार कडा कारावाही गरिने प्रमुख जिल्ला अधिकारी भट्टराइले बताए ।

गाेरखा जिल्लामा पछिल्लाे समयमा समुदायमा काेराेना फैलिएकाेले सचेत रहन आग्रह गरिएकाे छ । जिल्लामा सङक्रमितकाे सङ्ख्या ३७४ पुगेकाे र सक्रिय सङ्क्रमित १२० जना रहेकाे उनले बताए ।