सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले दसैं भत्ता फिर्ता गरेका छन्।उनले संघीय संसद सचिवालयलाई सोमाबार पत्र पठाउँदै दसैं भत्ता फिर्ताको जानकारी गराएका हुन्।
खनालले दसैं भत्तावापत आफ्नो खातामा आएको रकम चेकमार्फत् संसद सचिवालयलाई फिर्ता गरेका हुन्।