लेटाङ, ५ कार्तिक । सुरक्षा संग सम्बन्धित रहेर समसामयिक बिषयबस्तुहरुमा मंगलबार छलफल गरिएको छ । ईलाका प्रहरी कार्यलय लेटाङमा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी निरिक्षक रोमनराज अर्यालले जनप्रतिनिधि , राजनितीज्ञ, समाजसेवी तथा भद्रभलाद्मिहरुसंग कोरोना भाईरस संक्रमणको जोखिम नियन्त्रण र दशै लगायतका चाडपर्वलाई कसरी जोखिममुक्त ब्यबस्थापन गर्ने भन्ने बिषयमा छलफल गर्नुभएको हो ।
सरुवा भएर आएपछी दशै शुभकामना तथा परिचयात्मक कार्यक्रमका रुपमा उक्त छलफल गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
कार्यक्रममा संघिय सांसद घनश्याम खतिवडा, प्रदेश सांसद उपेन्द्र घिमिरे , लेटाङ नगरपालिकाका प्रमुख शंकर राई,उपप्रमुख कृष्णकुमारी पोख्रेल , वडा अध्यक्षहरु लगायतको उपस्थिती थियो ।