काठमाडौं– बलिउडकी गायिका नेहा कक्कर र पञ्जावी गायक रोहनप्रित सिंहले विवाह गरेका छन्। उनीहरुले २४ अक्टुबरको दिन आफ्ना परिवार र नजिकका नातेदारका बीचमा विवाह गरेका हुन्।
नेहा र रोहनले दिल्लीको गुरुद्वारमा परम्परागत आनन्द कारजमा एक समारोहमा लगनगाँठो कसेका हुन्। यो विवाहदेखि उनीहरुका फ्यानहरू धेरै खुसी छन् र उनीहरूलाई सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका छन्।
उनीहरुका सुभेच्छुक र समर्थकहरुबीच यो विवाह केही समय पहिलेदेखि नै चर्चाको विषय बन्दै आएको थियो। नेहा र रोहनले आफ्नो विवाहका फोटो र भिडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए। उनीहरुका समर्थकले समेत विवाहको भिडियो फोस्ट गर्नुका सथै सेयरसमेत गरेका छन्। अहिले नेहा र रोहनको विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरसल बनिरहेको छ।