युइएफए युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले जित हात पारेको छ।समूह ‘बी’ को खेलमा आर्सनलले आइरल्यान्डको क्लब डनडाल्कलाई ३-० गोलले पराजित गरेको हो।
आर्सलनको जितमा एडी केटियाह ४२ मिनेटमा पहिलो गोल गरे। जो विलकले ४४ मिनेटमा अग्रता दोब्बर पारेका थिए। दोस्रो हाफ सुरु भए लगत्तै आर्सनलले तेस्रो गोल गर्यो। आर्सनलका लागि पेपेले ४६ मिनेटमा तेस्रो गोल गरेका हुन्।
यहि समूहको अर्को खेलमा मोल्डेले र्यापिड भियनालाई १-० ले पराजित गरेको छ।
यता समूह ‘जे’ को खेलमा अर्को इंग्लिस क्लब टोटेनहम पराजित भएको छ। टोटेनहमलाई बेल्जियन क्लब रोयल आन्थ्रोपले १-० गोलले पराजित गर्यो।
उसका लागि रेफाइलोभले २९ मिनेटमा गरेको गोल निर्णायक बन्यो। अन्य खेलमा नापोलीले रियल सोसिडाडलाई १-०, एसी मिलानले स्पार्टा प्रागलाई ३-०, लेस्टर सिटीले एइके एथेन्सलाई २-१ गोलले पराजित गरेका छन्।