काठमाडौं। हास्यकलाकार तथा अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा ४’ ल्याउने भएका छन्। चलचित्र ‘छक्का पञ्जा’ का तीनवटै सिरिज दर्शकले निकै रुचाएका थिए।
चलचित्र ‘छक्का पञ्जा ४’ यस वर्षको दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको थियो तर कोरोनाभाइरसका कारण यसको छयांकन समेत हुन सकेन। अब भने चलचित्र ‘छक्का पञ्जा ४’ पहिलेको भन्दा फरक कथामा बन्ने बताइएको छ
यस चलचित्रको छायांकनका लागि एक वर्ष लाग्ने दीपकराज गिरीले बताउका छन्। यस चलचित्र निर्माणको लागि तीन करोड खर्च हुने अनुमान लगाइएको दीपकराजले बताए । स्थिति सामान्य भएपछि चलचित्रको छायांकन सुरु गरिने जनाइएको छ।