महेन्द्रनगर । कंचनपुरका पाँच व्यावसायिलाई कालोबजारी गरेको पाईएकाले कार्बाही गरिएको छ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको संयुक्त अनुगमन टोलीले तरकारीदेखि किराना र मेडिकल सञ्चालकहरुलाई ५ हजार जरिवाना गरेको हो ।
एग्रोभेट, मेडिकल, तरकारी पसल र किराना पसल गरि पाँच जना व्यवसायीहरुलाई जरिवाना गरेका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकी प्रशासकिय अधिकृत कल्पना भट्टले जानकारी दिईन् ।
जरिवानामा परेको बेदकोट नगरपालिकामा रहेको एग्रोभटमा ४ वर्षदेखि म्याद नाघेका सामानहरु राखिएको पाईएको र गड्डाचौकी स्थित एउटा मेडिकल ६ वर्षदेखि सञ्चालन भएपनि औषधी व्यवस्था विभागमा दर्ता नगरिएको उनले बताईन् ।
अनुगमनकै क्रममा महेन्द्रनगरका किराना पसलमा म्याद नाघेका खाद्य वस्तु सँगै पेट्रोल र डिजेल लगायत बिक्रिका लागि बोतलमा राखिएको अवस्थामा भेटिएको र तरकारी पसलमा प्याज लुकाएर महंगोमा बिक्रि भइरहेको समेत भेटिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकी प्रशासकिय अधिकृत भट्टले बताइन् ।
पहिलो पटक सबैलाई ५ हजार जरिवाना गरेर छोडिएको भए पनि फेरी यस्तो पाइए कारवाही प्रक्रियामा अगाडी बढने प्रशासकिय अधिकृत भट्टले बताईन् । अहिले भीमदत्त र बेदकोटमा मात्रै अनुगमन भएको र अब जिल्लाका अन्य स्थानीय तहमा पनि अनुगमन गरिने भएको जिल्ला प्रशासन कार्याललयले जनाएको छ ।
कर्मचारी अभावका कारण नियमित अनुगमन हुन नसकेको र यसका बाबजुद पनि चाडपर्वहरुलाई लक्षित गरि भइरहने कालोबजारी न्युनिकरणका लागि कार्यालयबाट अनुगमन गरिरहेको अधिकृत भट्टले बताईन् ।