दुर्गेश थापाको नयाँ म्युजिक भिडिओ ‘डन आयो डन सार्वजनिक

काठमाडौं । दुर्गेश थापासहितको स्वर र नायक पल शाहको अभिनय रहेको नयाँ म्युजिक भिडिओ बिहीबार सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक गरिएको ह्याप्पी तिहार २ अन्तर्गत ‘डन आयो डन’मा दुर्गेश र योगेश काजीको स्वर रहेको छ । जसमा दुर्गेश थापाकै शब्द सृजना र संगीत समावेश छ ।

पछिल्लो समय म्युजिक भिडिओमा जोडीको रुपमा चर्चामा रहेका पल शाह र दुर्गेशको नयाँ म्युजिक भिडिओ सार्वजनिक गरिएको हो । शिव विकको कोरियोग्राफी र निर्देशन रहेको ‘डन आयो डन’मा पल शाह, दुर्गेश थापा, योगेश काजी र शिव विककै अभिनय रहेको छ ।