कोरोना भाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ।
अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यस बारेमा धारणा सार्वजनिक गर्दै स्पष्ट पारेको छ। उसका अनुसार कोरोनासँग सुरक्षित रहनका लागि होटलमा बस्नु भन्दा घरमा बस्नु नै सुरक्षित हुनेछ।
‘यदी तपाई यात्रामा हुनुहुन्छ भने होटलमा बस्नु पर्ने बाध्यता हुनसक्छ,’ केन्द्रले भनेको छ। त्यसैगरी संयुक्त रुपमा भाडाको घरमा वा फ्ल्याटमा बस्नुहुन्छ भने पनि घरमै बस्नु भन्दा होटलमा बस्नु ठिक हुने केन्द्रको ठहर छ।
तर आफ्नै घर हो, फ्ल्याट पनि छुट्टै छ भने घरमै बस्न सुझाव दिने गरेको केन्द्रका अधिकारीहरूले बताएका छन्। सँगसगै खाने, सँगसगै सुत्ने वा शौचालय पनि साझा हुने होटल तथा लजहरू सबैभन्दा असुरक्षित हुने उनीहरूको भनाइ छ।
होटलमै बस्नु परेमा वा भाडाका ठाउँहरूमा बस्नु परेमा कम्तीमा ७२ घण्टाभन्दा पछाडि कोही बसेको छैन भन्ने सुनिश्चित गरेर मात्रै बस्न पनि केन्द्रका चिकित्सकहरूले सुझाव दिएका छन्।
त्यसरी बस्नु अगाडि पर्याप्त सेनिटाइजेसन गर्न वा किटाणु मार्ने उपायहरू गर्न क्यालिफोर्निया विश्वविद्यालयका सङ्क्रमण विज्ञ डा नतास्चा टुज्नीकले जोड दिए।