परमेश्‍वरले तिमीहरूसँग छोरालाई झैँ व्‍यवहार गर्नुहुन्‍छ

हे मेरो छोरो, परमप्रभुको ताड़नालाई अवहेलना नगर्‌ र उहाँको हप्‍कीलाई खराब नठान्‌, किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्‍छ उसैलाई नै उहाँले ताड़ना दिनुहुन्‍छ, जसरी बाबुले आफ्‍नो प्‍यारो छोरालाई ताड़ना दिन्‍छन्‌। #हितोपदेश ३:११-१२

ताड़नाको निम्‍ति नै तिमीहरू कष्‍ट सहन्‍छौ। परमेश्‍वरले तिमीहरूसँग छोरालाई झैँ व्‍यवहार गर्नुहुन्‍छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्‍छ र तर यदि सबै जना सहभागी भएको त्‍यो ताड़ना तिमीहरूले पाएका छैनौ भनेता तिमीहरू आफ्‍ना बाबुका खास छोराहरू होइनौ, तर व्‍यभिचारमा जन्‍मेका छोराहरू हौ।

यसबाहेक हामीलाई ताड़ना दिने हाम्रा शारीरिक बुबा थिए, र हामीले तिनको आदर गर्‍यौं। के झन्‌ बढ़ी हाम्रा आत्‍माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्‍त गर्दैनौं र? किनकि तिनीहरूले असल ठानेबमोजिम केही दिन हामीलाई ताड़ना दिए। तर हामी उहाँका पवित्रताको सहभागी हुन सकौं भनेर हाम्रो फाइदाको निम्‍ति उहाँले ताड़ना दिनुहुन्‍छ।
#हितोपदेश २७:५