जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भोलि (शनिबार) देखि मास्क नलगाई हिडडुल गर्नेलाई ५ सय रुपैया जरिवाना सहित कडा कारबाहि गर्ने भएको छ । कोरोनाको संक्रमणको जोखिम रहिरहेको समयमा सर्वसाधारण, चालक, सहचालक, यात्रु लापर्वाही रुपमा बाहिर हिडडुल गर्न थाले पछि ट्राफिकले जरिवाना सहित कारबाही गर्ने घोषणा गरेको हो ।
गृहमन्त्रालयले मास्क नलगाउनेलाई कारबाही गर्न आदेश दिय पनि गत १० दिन देखि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको आयोजना तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी २, सामुदायिक प्रहरी सेवा केन्द्र नारायणगढ र रोटरी कलब अफ नारायण्ी मिड टाउनले चितवनका विभिन्न स्थानमा मास्क, सेनिटाईजर वितरण तथा सचेतना मुलक कामहरु गर्दै आँएको थियो ।
तर, यसरी सर्वसाधारणको स्वास्थ्यको लागि सुचना फैलाए पनि त्यसको खासै प्रभाव नदेखिए पछि कारबाहि र जरिवाना तिराउने निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भाट्टले बताउनुभयो । सोही अनुसार भोली देखि संक्रमणको जोखिम हुने गरि मास्क नलगाई जथाभावी हिंडडुल गर्ने, सवारीमा यात्रा गर्ने, पैदल यात्रा गर्ने जोकोहिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम भेटिएकै स्थानमा तत्काल जरिवाना गरिने जनाईएको छ । यस्तै आज भएको अन्तिम सचेतना मुलक कार्यक्रममा चालक, सहचालक, यात्रुहरुलाई करिब १ हजार थान मास्क र १ सय थान सेनिटाइजर वितरण गरिएको छ।
कार्यक्रममा, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङ, प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापा, लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का डिस्ट्रिक्ट फस्ट भाइस गभर्नर रामप्रसाद भट्ट, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी लगायतको उपस्थिति रहेको थियो ।