काठमाडौं : आज पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। हिजो पाँच सयले बढेको सुन आज पनि पाँच सय नै बढेको हो।
आइतबार छापावाल सुनको भाउ ९७ हजार ७ सयमा काराेबार भएकाेमा आज ९८ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ। चाँदीको भाउ १० रुपैयाँले बढेको छ। चाँदीको भाउ आइतबार तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेकामा सोमबार १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ।