काठमाडौं । पशुपति मन्दिर क्षेत्रमाथि व्यक्तिगत र व्यापारिक स्वार्थले भईरहेको अतिक्रमण स्वीकार नहुने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभएको छ ।
पशुपति क्षेत्रको गुरुयोजना लागू गर्न नपाइने भन्दै धार्मिक र सांस्कृतिक अभियानको रुपमा आन्दोलन हुन थालेपछि मन्त्रालयले सम्बन्धित पक्षहरुसंग छलफल गरिरहेको छ । गुरुयोजनाले जात्रा तथा पर्वहरु र धार्मिक तथा सांस्कृतिक पक्षमा असर नपर्ने मन्त्रालय र पशुपति क्षेत्र विकास कोष सम्बद्धहरुको दावी रहँदै आएको छ ।
मन्त्री भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्रको ऐतिहासिक सांस्कृतिक तथा पुरातात्विक पक्षकाने संरक्षण तथा सम्बद्र्धन गर्ने प्रष्ट पार्दै स्थानीय जात्रा र पर्वहरुको जगेर्ना गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।