सबै मौसममा खानपान एकै किसिमको मन पनि पर्दैन । मानव स्वास्थ्य मानव शरीर र पर्यावरणको सन्तुलनमा निर्भर हुन्छ । पर्यावरणको सन्तुलन विग्रनासाथ मानव स्वास्थ्य खानपान र अन्य व्यवहारकै कारणले पनि विरामी हुन्छ । त्यसैले अहिले गर्मी मौसममा पनि मानिसहरुलाई खाखनपानकै कारण अनेक समस्याहरु देखिएका छन् ।
गर्मीमा के नखाने ?
गर्मीमा तेलमा तारे भुटेको तथा चिल्लो खानेकुरा नखाएको राम्रो हुन्छ । समोसा, पकौडा, चिप्स खाँदा पाचनसम्बन्धी समस्या हुन्छ । खाजामा चिल्लो खानु भन्दा हलुका बिस्कुट खाने गर्नु राम्रो हुन्छ ।
क्याफिन
चिया र कफी पिउने सोख भएका मानिसलाई गर्मीमा चाहिँ हानी पुग्छ । चियाकफीले शरीरमा गर्मी उत्पन्न गर्छ र हर्मोन परिवर्तन हुन थाल्छ अनि शरीरको तापक्रम बढ्छ । गर्मीमा कोल्ड कफी र आइस्ड टी पिएको राम्रो हुन्छ । इन्स्ट्यान्ट कफी तातोमा नपिउनु नै राम्रो हुन्छ ।
अदुवा
अदुवाले शरीरलाई प्राकृतिक रूपमा तातो राख्छ । यसको नियमित सेवन गर्दा शरीरको तापक्रम बढ्छ । अदुवा स्वास्थ्यका लागि राम्रो हुन्छ तर गर्मीमा अदुवा हदभन्दा बढी खाएमा हानि पुग्छ ।
प्याज
तरकारीको स्वाद बढाउन प्याज प्रयोग गरिन्छ । प्याजले पनि शरीरको तापमान बढाउँछ र हर्मोन असन्तुलित बनाउँछ । गर्मीमा प्याज कमै खाएको राम्रो ।
लसुन
प्याज जस्तै लसुनले पनि शरीरको हर्मोनलाई असन्तुलन गराउँछ । लसुनले खानाको स्वाद बढाउँछ तर गर्मीमा यसको सेवन जति कम गर्यो, त्यति राम्रो ।
सागपात
सागपातमा भरपूर एन्टीअक्सिडेन्ट हुन्छ जसले अनेकौं रोग भगाउँछ । सागपातमा प्रोटीन पनि प्रशस्त हुन्छ । यो ब्रेकडाउन हुँदा शरीरको तापक्रम बढ्छ र शरीरको हर्मोन परिवर्तन हुन थाल्छ । त्यसैले गर्मीमा सागपात ठिक्क खानुपर्छ ।
मसालेदार खानेकुरा
गर्मीमा मसलेदार खाना पनि कम खानुपर्छ । मसलेदार खानाले हार्मोनको मात्रामा बृद्धि गर्ने, गर्मी बढाउने लगायतका काम गर्छ । रक्तचाप लगायतका समस्या पनि बढ्न सक्छ । त्यसैले मसलेदार खानाबाट गर्मीमा टाढै बस्नुपर्छ ।
माछा कम खाने
जंक फूड (चाउचाउ, लेज, कुरकुरे लगायत)रफास्ट फूड
अन्डा कम खाने
रातो मासु
(एजेन्सी)