हिउँद लागेपछि त काठमाडौंबाट पनि गजबका हिमाल देखिदारछन् । मलाई त लाग्थ्याे मेराे घर अगाडिबाट देखिने सिस्ने हिमाल मात्रै हिमाल हाे । प्राय मलाई हिमाल मन पर्छ तर हिमाललाई म मन पर्छ पर्दैन त्याे मैले कहिले सराेकार राखिन र राख्दिन पनि । बेलुकी पख घामका किरणहरुले काठमाडौं सहरलाई छाेडेर हिमाल छिचाेल्दै अस्थाउने प्रयास गरिरहेका हुन्छन्,म पागल प्रेमी जस्तै गरि किर्तिपुरकाे डाँडाबाट हेरीरहन्छु अस्थाउन अाँटेका घामका राता किरण र फिस्स हाँसेका सेता हिमालका चुचुराहरुलाई ।
साँच्ची हिमाल मलाई असाध्यै मन पर्छ । हिमालले मलाई वास्था गर्छ या गर्दैन त्यसकाे ख्याल गर्दैन । अाज अस्थाउन अाँटेकाे सूर्य र मुस्कुराई रहेकाे हिमाललाई हेर्दा हेर्दै मनमा एउटा कुराकाे याद अायाे ” प्राया मान्छेहरु माया एकुहुराे हुनुहुदैन दाेहाेराे हुनुपर्छ भन्छन् । माया पनि दाेहाेराे हुनुपर्छ र ? माया भनेकाे त माया हाे नी । अर्काेले अाफूलाई माया गराेस् नगराेस् साँचाे माया गर्नेले माया गरिरहनु पर्ने हैन र ?
साँचाे माया गर्नेले कहिले घृणा गर्दैन, उसकाे सँधै भलाे चाहान्छ, ऊ नबाेले पनि बाेल्न चाहान्छ, उसलाई कुदृष्टीले कहिले हेर्दैन । मायालाई बिवामा परिनत गर्न नसकेपनि खुसी हुन्छ । उसले अाफूलाई देखाएका घृणाका दृष्यहरुलाई पनि मायाका नजरले हेर्छ ।
उदाहरणकाे लागि मेरा बुवा अामाले मलाई राम्राे मान्न छाेडे भन्दैमा मैले बा अामालाई घृणकाे दृष्टिले हेर्नू पाप हैन र ? यदि मसँग साचाे माया छ भने बाअामाले मलाई घृणा गरे पनि मैले माया गर्नुपर्छ ।
यदि मैले कसैलाई माया गरेँ भने गरिरहनुपर्छ,चाहे उसले घृणाकाे दृष्टिले हेराेस, चाहे उसले धाेका दिअाेस्,चाहे उसले अरुसँग नै बिहे गराेस्, साँचाे मायाले उसकाे इज्जेतकाे ख्याल गर्छ, उसकाे सम्मानकाे ख्याल गर्छ । कसैले धाेका दियाे अर्थात माया गरिन भनेर साँचाे मायालाई कम्जाेर तुल्याउनु र घृणामा परिणत गर्नु भनेकाे झुटाे मायालाई परिभाषित गरेकाे ठहिरिन्छ ।
प्रेमिका, साथी, बाबा अामा, दाईभाई, इष्ठमित्र, दिदीबहिनी जाेसुकै हुन उनीहरुले वास्था नगरेपनि उनीहरुलाई मायाकाे दृष्टिले हेर्नुपर्छ । त्यसैले के साँच्ची साँचाे मायाकाे लागि दाेहाेराेपन चाहिएला र हजुर ?