महोत्तरीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।बिराटनगरबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३९२१ नम्बरको तेल बोक्ने ट्याङ्करले ग ९ प ५३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार सिन्धुली तीनपाटन गाउँपालिका १० का २६ वर्षीय आशालाल परियारको मृत्यु भएको हो।
उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकल चालक २१ वर्षीय रितबहादुर परियार सकुशल छन्। उनी आशालालका भाइ हुन्। ठक्करबाट घाइते भएका उनलाई बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको थियो।