सुनको मूल्य प्रतितोला ७ सयले घटे

बिहीबार सुनको मूल्य प्रतितोला ७ सयले घटेर ९४ हजार ४ सय पुगेको छ। बुधबार सुन तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य बुधबारको तुलनामा १५ रुपैयाँले कम हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।