काठमाडौं: उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली वि’रुद्ध लगाइएका आ’रोपहरू पुष्टि गर्न नसके अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसको हिसाब-किताब हुने बताएका छन् । आफ्नै कार्यकक्षमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रम पोखरेलले आ’रोपहरू पुष्टि गर्न नसके आरोप लगाउनेसँग त्यसको हिसाब-किताब हुने बताएका हुन् ।
‘जुन आधारहीन आरोप लागेका छन्, या त त्यसको पुष्टि हुनुपर्छ, नत्र आ’रोप लगाउनेसँग त्यसको हिसाब-किताब त हुन्छ’ उपप्रम पोखरेलले भने । प्रधानमन्त्री वि’रुद्ध आधारहीन आ’रोप लगाइसकेपछि अब दुईवटा मात्र विकल्प बाँकी रहेको जिकिर उनले गरे । ‘यसको त दुईवटा मात्र विकल्प हुन्छ । या त पुष्टि हुनुपर्यो, पुष्टि भएन भने आरोप लगाउने माथि स्वाभाविक रूपमा प्रश्न त उठ्छ ।’
पोखरेलले सचिवालयमा प्रचण्डले वितरण गरेको आरोपलाई प्रस्ताव भन्न नमिल्ने बताए । ‘त्यसलाई प्रस्ताव नभनौं, एउटा आरोप पत्र भनौं,’ उनले भने, ‘हाम्रो पार्टीमा प्रस्ताव पेश गर्ने एउटा विधि छ, दुई अध्यक्षको सहमतिमा प्रस्ताव आउनुपर्छ । यसमा सहमति त के कतै छलफल पनि भएको छैन ।’ उनले मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले त्यसको जवाफ दिने बताए । ‘ती लगाइएका आ’रोपहरूका बारेमा प्रधानमन्त्रीले आफ्नो तर्फबाट अफिसियल्ली बोल्छु भन्नुभएको छ, त्यसपछि त्यसबारे हामी छलफल गर्छौं उन ले भने ।