प्युठानमा भिरवाट लडेर एक जनाको मृत्यु भएको छ। प्युठान नगरपालिका वडा नम्बर २ क्वाडी २० वर्षीय राहुल घर्तीको भिरबाट लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रवक्ता पोषण ढकालले शनिबार दिउँसो झुलेनी भन्ने ठाउँबाट घर फर्किने क्रममा: घर्तीको रातेपोखरीमा भिरवाट लडेर घटनास्थलमै मृत्यु भएको बताए।घर्तीको शव झन्डै एकसय ५० मिटर तल खोस्सामा फेला परेको प्रहरी निरीक्षक ढकालले बताए।
‘चार/पाँच जना युवा घुम्न गएका रहेछन्। घर आउने क्रममा: घर्ती भिरबाट लडेका रहेछन्,’ उनले भने।मदिरा सेवन गरेका कारण सन्तुलन गुमाएर उनी भिरवाट लडेको अनुमान प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।