गोर्खा पालुङटार ९ माईतिघर भएकि रोजिना तामाङ सम्पर्क बिहिन

गोर्खा पालुङटार नगरपालिका ९ भन्ज्याङ डाँडा माईतिघर भएकि रोजिना तामाङ यहीँ मंसिर ६ गतेबाट सम्पर्क बिहिन भएको छ। सरिता नाम बताउने एक अज्ञात महिलाले बारम्बार काठमाडौंमा रोजगार लगाईदिने प्रलोभन देखाएर कल गरिरहेको उनको परिबारको दाबि छ।

रोजगारको प्रलोभनमा परेर रोजिना मंसिर ५ गते ५ बर्षिया छोरी लिएर काठमाडौ गएकी थिईन। पोखराबाट निस्केको दिनबाटै मोबाइलमा समेत सम्पर्क हुन सकेको थिएन । सम्पर्क नभए पछि घरपक्षकाले माईतिपक्षलाई मंसिर ८ गते जानकारी गराएका थिए।

नाम :- रोजिना तामाङ
उमेर:-२१ बर्ष
वर्ण:-हल्का काली पातालि
चिनो :- दात हल्का बाहिर निस्केको साथमा छोरि

निजलाई तपाईं जोसुकैले काठमाडौमा देख्नुभएमा नजिकैको प्रहरी चौकि वा अाफान्ताहरुलाई (कसम लामा दाजु 981-5249855)सम्पर्क गराईदिन हार्दिक अनुरोध गर्दछौ। धन्याबाद