लेटाङका एक कोरोना संक्रमितको निधन

लेटाङ 11 मंसिर । मोरङको लेटाङका कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान ज्यान गएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि मंसिर ९ गते मंगलबार उपचारका लागि वृद्धलाई भर्ना गरिएको थियो ।

पछिल्लो समय श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या मृतकमा रहेको जानकारी उनले दिए । गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको दाहालको भनाइ छ ।
उनको आजै चिसाङ खोलामा दाहसंस्कार गरिएको छ ।