कोरोना संक्रमणबाट गोरखा नगरपालिका–६ की ७५ बर्षीय वृद्धाको मृत्यु भएको छ । उपचारको क्रममा शुक्रवार वेलुकी साढे आठ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ८ गते अस्पताल भर्ना हुनुभएकी उहालाई मंसिर ९ गते कोरोना संक्रमण पुष्टी भएसँगै अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो ।
उहा विगत दश महिना देखि हिडडुल गर्न नसक्ने र ओछ्यानमै पर्नुभएको अवस्था रहेको र अस्पताल आउँदा उहाको अवस्था निकै कमजोर र निमोनियाले ग्रसित हुनुभएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो । सेनाको सहयोगमा उहाको शव परिवारजनले दाहसंस्कार गरेका छन् ।