तामाङ इतिहासः रचना गरिएका इतिहासहरूले तामाङ समुदायलाई यहीकाल खण्डमा, यही देश र प्रदेशबाट वर्तामान तामाङहरूको आदिम थलो रहेको भू(भाग सम्म आएको किटानि गरेर कसैले भन्न सकेको वा प्रमाणीत गर्न सकेको छैन । तामाङहरू आफुलाई नेपालको भूमीपुत्र मूलबासी समुदाय भनेर गर्ब गर्दछन् । नेपालकै एक आदिम पुरानो तामाङ समुदायको इतिहासलाई नेपालका शासकहरूले उल्लेख तथा महत्व दिएको पाइदैन ।
तामाङ समुदायको राज्य, अधिराज्य र राजाहरूको वारेमा नेपालको प्राचिन, पुर्ब लिच्छविकाल, उत्तर लिच्छविकाल, मध्य तथा आधुनिक नेपालको इतिहासमा उल्लेख गरेको छैन । नेपालका शासक जातिहरूले तामाङ समुदायलाई राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षीक, भाषिक आदिमा मात्र नभएर इतिहासमा नै तहसनहस, शोषण, दमन र उत्पीडन गर्दै आईरहेका छन्, जो वर्तमान सम्म निरन्तर चलिरहेकैछ ।
तामाङ समुदायलाई सामन्ती राज्यसत्ताका सत्ताधारि बिदेशी बाहुन जातिका इतीहासकार, मानवशास्त्री समाजशास्त्री तथा भाषा शास्त्रीहरूले लेखेको रचना इतिहासमा ठग्नुसम्म ठगेको छ । तामाङ समुदायलाई मात्र होइन सिङ्गो मुलुकको मूलबासी समुदायको पहिचान र अस्तित्वलाई नमेट गरी बाहुन छेत्री साशक तथा अहंकारवादलाई बढाइ चढाइ गरेर कथित इतिहास लेखेका छन् ।
सत्ताधारी सेन तथा विष्ट राजालाइ, गोर्खामा मगरका राजालाइ, दोलखा र काठमाडौमा नेवारका राजालाइ, पुर्बमा राइ र लिम्बुका राजालाई हराएको इतीहास लेखेको छ । तर ती समुदायको भन्दा बढि जनसंख्या भएको काठमाडौ उपत्यकाको तत्कालिन मल्ल रज्य याम्बु ९काठमाडौ०, हेराङ ९पाटन० र खोपाङ ९भत्तपुर०को वरिपरि कैयौं किपट र कविलाहरूमा रहेका स्वतन्त्र राज्यहरुको उदय हुनु पूर्ब नै वाइबा, रूम्बा, बल, ग्हीसीङ आदि थरका तामाङ राजाहरू र राज्य अस्तित्वमा थिए । तामाङ राज्य र राजाहरूको बारेमा तामाङहरू मौखीक रूपमा अझै भनिरहेका छन्, यो ( यो ठाउँमा फलानो राजा थियो ।
ती राजाका दरवारका अस्तित्वहरू र भग्नावशेषहरू विभिन्न तामाङ किपटहरूमा छरिएर रहेको भेटिन्छ । ताम्बा अर्थात मैखिक इतिहास परम्पराबाट पछिल्लो चरणमा तामाङ लिपिमा लामा बौद्ध धर्मा लिपिबद्ध तामयीग लिपिमा भएका दोङराप, पराप, केराप आदि वंशावलिहरू, उत्पत्तिका नाम थरहरू, हाम्रा, जीक्तेन तामछ्योअ, रूअीछेन च्योप्गे, कुक्पाखा छ्याअी, तामाङ च्युनीला ठङुसा थेन वब्सा आदि हस्तलिखित पुस्तकहरू पाइएको छ । तामाङ समुदायको बारेमा लेखेको भन्दा कैयौं गुणा बढि सूचनाहरू मौखिक परम्परामै संरक्षित रहेको पाइन्छ । यही परम्पराको माध्यमबाट तामाङहरूले एक पुस्ताबाट अर्को पुस्ता सार्दै आजसम्म जे जस्तो अवस्थामा भएपनि तामाङको इतिहासलाई बचाएर ल्याएका छन् । मौजुदा मौखिक र भग्नावशेषको रूपमा पाइएका प्रमाण तथा तथ्यहरूको वैज्ञानिक अनुसन्धान, अध्यायन, उत्खनन, बिश्लेषण, लेखन जस्ता कार्यहरू आर्थिक एवं प्राबिधिक रूपले पनि वर्तामान अवस्थाका तामाङ समाजको क्षमता र वशमा छैन भने हिन्दु सामन्ती राज्यसत्तालाई त्यसमा कुनै चासो र मतलब छैन ।
जसले गर्दा आज तामाङ समुदायको सामाजिक इतिहासका हाम्रा महत्वपुर्ण भौतिक सम्पदा, निधिहरू तथा मौखिक सम्पदाहरू दिनानुदिन, आज, भोलि, पर्सी हुदै अवशेषहरूको पनि अवशेषको रूपमा सधै भग्नावशेष्मै रहन बाध्य छन् । आज हाम्रो सामु विभिन्न देशका थुप्रै अन्वेषकहरू, समाजसशास्त्री, भाषाशास्त्री, मानवशास्त्री, प्रागैतिहासिक एवं पाषाण पुरातत्व विज्ञहरूले अध्ययन, अनुसन्धान, उत्खनन् गरेर पत्ता लगाएका तथ्यहरु, शोधपत्रहरू विदेशी भाषाहरूमा बग्रेल्ति रहेका छन् ।
अब ती विदेशी भाषाहरूमा भएका तामाङ समुदायका वारेमा लेखिएका, रचिएका अभिलेखहरू संगालेर या संग्रह गरेर आफ्नो भाषामा, पुणस् अध्यायन तथा विश्लेषण गरी भावि तामाङ सन्तानहरूलाई पुर्खाको इतिहास पुणस् लेखन गरी नयाँ इतिहासको सृजना गरेर भए पनि सन्तोष लिनुपर्ने छ । त्यो नयाँ इतिहास लेख्ने दायित्व आज तामाङ समुदायको संघ तथा नवसन्ततिहरूको थाप्लोमा आइपरेको छ । तामाङ इतिहास संग सम्बन्धित तामाङहरूको इतिहासका मौखिक अवशेषहरूलाई आफुले सुने, देखेको र स्वदेशी तथा विदेशी अन्वेषकहरूको विभिन्न पत्रपत्रिकामा लेखादि तथा पुस्तकादिमा विभिन्न रूपमा प्राप्त सूचनाहरूको आधारमा तामाङ समुदायको उत्पत्ति, उद्गम् इतिहास र मौखिक रूपमा रहेको तामाङ अधिराज्य र राजाहरूका इतिहासलाई समेटिएको छ ।
नेपालका विभिन्न कालका तामाङहरूको सानातिना घटनाक्रमहरुलाई तथा रीमठीम, आर्थिक लगायत अन्य पक्षहरूलाई छाडेर यहाँ खासगरी उत्पत्तिबारे संक्षिप्तमा र तामाङ राजा र राज्यको मौखिक रूपमा संरक्षित रहेको सारहरूलाइ संगालेर प्रस्तुत गरीएको छ । तामाङ समुदायका राज्य अनि राजाहरूको इतिहास खोज्न तथा बुझ्न पर्दा वारम्बार दोहोरिने र सुनिने तामाङ भाषाका शब्दहरू परिभाषा तथा तामाङ भाषामा खूल्न आउने कथा विस्तार प्रस्तुत गरिएकोछ । तामाङ समुदाय नेपालको मूलबासीहरू मध्ये एक महत्वपुर्ण समुदाय हो । तामाङ भाषा बोल्नेहरूलाई तामाङ भनेर चिनिन्छ । नेपालमा डम्फु, टुङना, मुर्चुङ्गा र सेलो भन्नाले तामाङ समुदायलाई बुझाउछ । अनि यो समुदायको चिनारीको रूपमा आफ्नै घरबुना सुतीको स्यामा लुंगी जस्तो फरिया, ग्या गाबरको, ग्या तोकरोक, उनी राडी, पाखी स्योल्दो सुकाअी लुकुनी, पेङ्का अल्लोको घरबुना लुगा अनि लोक्ताबाट हाते कागज बनाउने, जंगली निगालोबाट नाङ्लो, डोको, थुन्से, नाम्लो बुन्ने, थाङ्का चित्रकला, मकुण्डो खोप्ने मास्क, आदि मौलिक पेशाहरू रहेको छ । तामाङ शब्दको अर्थबारे विभिन्न ब्यक्तीहरूले आ(आफ्नै मनगढन्ते कुराहरू गर्दै आएको हुँदा यहाँ तामाङ शब्दको अर्थ, प्रयोग, ऐतिहासिकता र व्यापकता आदि वारे निम्न अनुसार चर्चा गरिएको छ ।