मोटरसाइकलबाट लडेर मनाकामना झाको मृत्यु

मोरङ- विराटनगरकी एक वृद्धाको मोटरसाइकलबाट लडेर मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर घाइते भएकी विराटनगर महानगरपालिका–१५ रामजानकी चोककी ६० वर्षीया मनाकामना झाको मृत्यु भएको हो ।

मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्युरो अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अचानक विरामी भएकी उनलाई छोरा राजन झाले को १२ प ३५६ नम्बरको मोटरसाइकलमा राखेर उपचारका लागि न्युरो अस्पताल लाँदै गर्दा उनी लडेकी थिइन् ।