काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक महासचिव विष्णु पौडेललाई केक खुवाएर सुरु भएको छ । महासचिव पौडेलको मङ्गलबार परेको जन्मदिनको अवसरमा उनलाई जन्मदिनको शुभकामना दिंदै सचिवालय सदस्यहरूले केक खुवाएर बैठक शुरु गरिएको थियो ।
शुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पौडेललाई केक खुवाएका थिए भने प्रधानमन्त्री ओलीपछि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पौडेललाई केक खुवाएका थिए । यो जन्मदिनसंगै पौडेल ६२ वर्षमा प्रवेश गरेका छन् ।
यसै अवसरमा महासचिव पौडेललाई उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि केक खुवाएका थिए । उपाध्यक्ष गौतमले १०० वर्ष बाँच्नुहोस् भन्दै अबका दिनमा राम्रो काम गरेर जान शुभकामना समेत दिएका थिए । पौडेललाई केके खुवाएर नेकपाको सभिवालय बैठक शुरु गरिएको यो तस्वीर यतिबेला सोशल मिडियामा भाइरल बनिरहेको छ ।