सवारी दुर्घटनामा परी अस्पताल ल्याएकी युवतीलाई डाक्टरहरुले मृ त घोषणा गरेपछि शवगृहको फ्रिजमा राखिँदा उनी जिवीतै रहेको खुलेको छ । दक्षिण अफ्रिकी ती महिलालाई चिकित्सकले मृत घोषित गरेपछि उनलाई गौटेङ प्रान्तको एउटा शवगृहको फ्रिजमा राखिएको थियो । तर शवगृहमा काम गर्ने एक जना व्यक्तिले फ्रिजभित्र राखिएकी ती महिला युवती जिउँदै रहेको पत्ता लगाएका हुन् । हाल ती महिलालाई जोहानेसबर्गस्थित एक अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । उनको नाम भने गोप्य नै राखिएको छ ।
ती महिलाका परिवारले भने जिउँदै मान्छेलाई पनि मृ त घोषणा गर्ने गैरजिम्मेवार डाक्टरहरुलाई कडा कारवाहीको माग गरेका छन् । कार दुर्घटनामा दुई जना व्यक्तिको ज्या न गएको थियो । तर जिउँदै रहेकी ती महिलालाई पनि मृ तकहरुसँगै श वगृहमा राखिएको थियो ।
उसोः म रेको भनिएको मान्छे बाँचेको यो नै पहिलो घटना भने होइन । यसअघि पनि यस्ता घटनाहरु पटक पटक सार्वजनिक हुँदै आएका छन् । दक्षिण अफ्रिकामै केहि वर्षअघि मृ त घोषणा गरिएका एक जना ५० वर्षीय व्यक्ति अर्को दिन श वगृहबाटै चिच्याएपछि उनको उद्दार गरिएको थियो । त्यस्तै २०१६ मा दक्षिण अफ्रिकामै सडक दुर्घ टनामा घाइते भएका एक जना व्यक्तिलाई मृ त घोषणा गरिएको एक दिनपछि जिउँदै भेटिएका थिए ।
गाड्न लागेको खाडलबाट ‘मृ तक’ जुरुक्क उठेपछि …..
मरे भनेर अन्तिम संस्कारको तयारी गरेको मानिस उठे के हुन्छ रु यस्तै घटना सार्वजनिक भएको छ चीनमा । चीनको सिचुवान प्रान्तको जुनलियानमा म रे भनेर कफिनमा राखिएका व्यक्ति उठेपछि हंगामा भएको छ । स्वास्व बन्द भएको र हातगोडासमेत चिसो भएपछि ७५ वर्षिय वृद्धलाई उनका छोरा र आफन्तले मृ त घोषित गरेका थिए । तर कफिनमा राखेर अन्तिम संस्कार भइरहेका बेला वृद्ध एक्कासी हलचल गर्न थाले ।
जब कफिनको बिर्को खोलियो वृद्धले जुरुक्क उठेर सोधे, ‘यहाँ के भइरहेको छ हँ रु के मलाई गाड्ने तयारी गरिरहेका छौ रु’ त्यतिबेला भेला भएका मानिसहरु सबै छक्क परे । अन्तिम संस्कार सुरु भएको आठ घन्टापछि वृद्ध उठेका हुन् । उनलाई श्रद्धान्जली दिन थुप्रै मानिसहरु घरमा जम्मा भएका थिए ।
वृद्ध उठेपछि उनका छोराछोरीले हतार हतार कफिनबाट निकालेर ओछ्यानमा सुताएका थिए । उनीहरुले आफूहरुले गरेको गल्तिका लागि वृद्धसँग क्षमा मागे ।
बिरामी अवस्थामा रहेका वृद्ध एकदमै थकित र कमजोर बनेका थिए । कमजोरिका कारण यस्तो अवस्था आएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।