झापा: राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा झापामा शनिवार विशाल प्रदर्शन भएको छ । राप्रपाले संघीयता खारेजीको पनि माग गर्दै प्रधानमन्त्री केपी शर्माको गृह जिल्लामा प्रदर्शन गरेको हो ।
प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टा पुगेका थिए । दिउँसो साढे दुई बजे काँकरभिट्टाबाट एकीकृत ¥याली प्रारम्भ भएको थियो ।
राप्रपाले मोटर तथा मोटरसाइक ¥यालीको आयोजना गरेर प्रदर्शन गरेको हो । ¥यालीमा सयौंले सहभागिता जनाएका थिए । ¥यालीपछि बिर्तामोडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता राजेन्द्र लिङदेन लगायतले राजसंस्था र हिन्दूराष्ट्र मुलुकको आवश्यकता भएको बताए ।
राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभावलगायत जनजीविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न ¥यालीको आयोजना गरिएको राप्रपाले जनाएको छ ।