हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् ।
गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै रातोपाटीलाई भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय केही पछि मात्रै तपाईँलाई बताउन सक्छु ।’
महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिहे गर्न योजना बनिसकको बताइएको छ ।