काठमाडौं । आफ्नै पार्टीको स्थायी समिति बैठकमा नगएका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले भोली (मंगलवार) का बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको स्रोतले जनाएको छ । स्रोतले दिएको जानकारी अनुसार समसामयीक विषयहरुमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाइएको हो ।
गत बैशाख यता प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिएनन् । गत बैशाख ३१ गते भारतले नेपालको भूमी मिचेर सडक बनाएपछि छलफलका लागी संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग छलफल एवम् परामर्श गरेका थिए ।
रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो।
‘यो बेला बेला हुँदै आएको हो। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो,’ डा। भट्टराईले भने। यसअघि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति कायम गर्नका लागि यस्तै बैठक आह्वान गरिएको थियो।