काठमाडौँमा हिन्दु राज्यको माग गर्दै प्रदर्शन

काठमाडौँ : काठमाडौँमा हिन्दु राज्यको माग गर्दै प्रदर्शन भएको छ। सनातन संस्कृति नेपाल केन्द्रीय समितीले काठमाडौँमा हिन्दु राज्य माग्दै प्रदर्शन गरेको हो।

राष्ट्रिय समुन्‍नत स्वाभिमान, सनातन संस्कृति नेपालको अभियान भन्ने नाराको साथ धर्म निरपेक्षताको संवैधानिक व्यवस्था खारेज गर्न माग प्रदर्शनकारीले माग गरेका छन्।

नेपाललाई सनातन हिन्दु राज्य कामय गर, राष्ट्रिय एकताको अखण्डता र संवैधानिक राज संस्था हाम्रो मान्यता, राष्टिय विभूतिहरूको सम्मान, सम्पूर्ण नेपालीको स्वाभिमान भन्दै प्रदर्शन गरेका छन्।