बाथटबमा करेन्ट लागेर एक युवतीको मृत्यु

एजेन्सी, २५ मंसिर । रुसको अर्खान्गेल्स्कमा बाथटबमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । बुधबार (हिजो) चार्ज भइरहेको आइफोन बाथटबमा खस्दा करेन्ट लागेर नुहाइरहेकी २४ वर्षीया ओलेस्या सेमेनोवाको मृत्यु भएको हो ।

बथटबमा ओलेस्या सेमेनोवाको शव सबै भन्दा पहिले उनकी फ्ल्याटमेट डारियाले देखेकी थिइन् । डेलीमेलका अनुसार शव देखिसकेपछि डारियाले इमर्जेन्सी अपरेटरसँग कुराकानी गर्दै भनिन्, ‘जब म घर पुगे, उनको (ओलेस्या सेमेनोवा) हालत देखेर मेरो पसिना चुट्यो । उनको अनुहार पहेँलो भइसकेको थियो । सास फेरिरहेकी थिइनन् ।’

ओलेस्या सेमेनोवा एक कपडा पसलमा काम गर्दै आएकी थिइन् । यसरी बाथटबमा करेन्ट लागेर ओलेस्या सेमेनोवाको मृत्यु भएपछि त्यहाँको इमजेन्सी मिनिष्ट्रीले सूचना जारी गर्दै बाथटब नजिकै मोबाइल चार्ज नगर्न आग्रह गरेको छ ।