बझाङमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ। बझाङमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
बित्थडचिर गाउँपालिका–९ सुनकुडामा महेन्द्रनगर आउँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिंदा सोही ठाउँकी २ वर्षीया बालिका दीपिका बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।
उनले बिहीबार साँझ बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि स्वास्थ्य चौकी लैजादैं गर्दा राति मृत्यु भएको बताए। उनका अनुसार चालक दिपक बोहोरा र बस स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।