चितवन गृहमन्त्री रामबहादुर थापाले अहिलेको संघीय गणतान्त्रिक व्यवस्था र सरकार हटाउने सपना नदेख्न चेतावनी दिएका छन् । गृह जिल्ला चितवनमा आज पत्रकारसँग कुरा गर्दै व्यवस्था उल्टाउने र विस्थापित गर्ने राजवादी र अन्य शक्तिहरुको सपना पुरा बताएका हुन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसले पनि कोरोनाको संकटका समयमा सरकारलाई पनि विस्थापित गर्न सकिन्छ कि भनेर आन्दोलन थालेको गृहमन्त्री थापाको आरोप छ । गृहमन्त्री थापाले कांग्रेस, चन्द नेकपा राजावादी सबै शक्ति व्यवस्था विरोधी भएपनि उनीहरुमा भिन्नता रहेको बताए ।
राजावादीहरु गणतन्त्र विस्थापित गर्न, चन्द व्यवस्था बिस्थापित गर्न र कांग्रेस सरकार विस्थापित गर्ने खेलमा लागेको उनको भनाइ छ । फरक प्रसंगमा गृहमन्त्री थापाले सत्तारुढ नेकपाभित्रको आलोचना र मतभेद स्वभाविक भएको बताए ।
अहिलेको विवाद सरकारलाई सुदृढ गर्ने र पार्टीलाई मजवुत बनाउने सम्बन्धमा उठेको उनले बताए । स्थायी समिति बैठकले विवादको समाधान गर्ने पार्टी नफुट्ने उनले बताए ।