हास्य कलाकार मनोज गजुरेलर उनकी पूर्व पत्नि मिना ढकालको फेरि विवाद

काठमाडौ । हास्य कलाकार मनोज गजुरेलर उनकी पूर्व पत्नि मिना ढकालको विवाद फेरि छचल्किएको छ । मनोजले मिनाको नाम नलिइकनै शालिन ढंगले मिनाका केही टिप्पणीहरुको बिरोध गरेका थिए । उनले यस्तै आरोप लागिरहने हो भने अदालत जानुको बिकल्प नरहेको बताएका थिए ।

मनोजले बारम्बार आफ्ना बारेमा पूर्वपत्नी मिना ढकालले लगाइरहेको आरोपको खण्डन गरेपछि मिना पनि प्रतिउत्तर लिएर आएकी छिन् । उनले फेसबुकमा निरन्तर मनोजलाई आरोपहरु लगाउँदै स्टाटस लेखिरहेकी छिन् ।

गजुरेलले दोस्रो विवाह गर्ने निर्णय गरेसंगै उनकी पूर्वपत्नी मिनाले गजुरेललाई विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जाल फेसवुक र युट्युवहरु मार्फत टिप्पणी गर्दै आएपछि मनोजले बाध्य भएर बोलेको भन्दै सोमबार फेसबुकमा पाँच बुँदामा आफ्ना कुरा राखेका थिए ।मिनाले एक समाचारको लिंक सेयर गर्दै फेसबुकमा लेखिन्, ुहट्ने होइन डटि ल ड्ने, अब मेडिकल काउन्सिल तिर नि धाउने । बाकी ५२ साल देखीका घट्ना परिघट्ना अनि डिभोर्स हुँदै आज सम्मका कुरा अदालत मै बहसका विषय बन्ने ।ु

युट्युव च्यानलहरुमा मिनाले विभिन्न आरोप लगाउँदै अन्तरवार्ता दिँदै आएको भएपनि यतिन्जेल मनोज मौन बसेका थिए । तर मिनाको यस्तो ब्यवहारले आफ्ना छोराछोरीको भविष्य पनि समस्यामा परेको भन्दै बोल्न बाध्य भएको बताएका थिए ।

सामाजिक सञ्जाल फेसवुकमा सोमवार लामो स्टटास लेख्दै उनले ३ वर्ष सम्म नखुलेको डिभोर्सको कारण र प्रमाण अब अदालतमा पेश गर्न बाध्य भएको उल्लेख गरेका थिए ।