लोकप्रिय गायक शिव परियारको स्वर तथा संगीत रहेको ‘आँसुको अर्थ ३’ –‘तिमिले पो सक्यौ त’ गीत सार्वजनिक गरिएको।त । गीतमा संचारकर्मी तथा चलचित्र निर्माता रवि अधिकारीको शब्द रहेको छ भने गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।
गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काको अभिनय रहेको छ । भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । हरि हुमागाईको छायांकन र धमला विकासको सम्पादन रहेको गीतको भिडियोलाई गायक शिव परियारले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक छ । भिडियोलाई गायक परियार आफैले निर्माण गरेका हुन् ।