एउटा गंगटाको मूल्य ५०

काठमाडौं– संसारमा मानिसहरुले आफ्नो शौखका लागि बिभिन्न सस्तो सामाग्रीहरु अत्याधिक मूल्य हालेर किन्ने गर्दछन् । पछिल्लो समय जापानमा एउटा यस्तै घटना भएको छ ।

उक्त घटना सुन्दा हामीलाई अचम्म त लाग्छ नै तर सो घटना सत्य हो । जापानको पश्चिमीक्षेत्र टोट्टरीमा भएको लिलामीका क्रममा एक व्यक्तिले मामुली गँगटाका लागि लाखौँ रुपैयाँ खर्च गरेका छन् ।हिउँमा पाइने उक्त क्रस्टेशियन जातको गँगटो ५० लाख रुपैयाँभन्दा धेरै मूल्यमा लिलाम भएको हो। जापानमा चिसो मौसम शुरु भएसँगै सामुद्रिक खानेकुराहरूको लिलामीका विभिन्न कार्यक्रमहरू हुने गर्दछन् ।

सोहि क्रममा त्यहाँ बिभिन्न माछाहरु लगाएत बिक्रिमा हुने गर्दछन् । तर यस वर्ष भने सो गंगटा आकर्षक बन्न पुगेको छ । १२ सय ग्राम तौल रहेको गंगटाको लम्बाइ साढे १४ सेन्टिमिटर रहेको छ ।

एजेन्सीको सहयोगमा