केपी शर्मा ओली नेतृत्वको सरकारबाट ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिए

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले सामूहिक राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति मार्फत संसद विघटन गराएपछि रुष्ट हुँदै उनीहरुले राजीनामा घोषणा गरेका हुन् । यसअघि प्रधानमन्त्रीको कदमप्रति नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव नेपालसँग उनीहरुको परामर्श भएको थियो ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ । साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

यस्तो छ राजीनामा :