काठमाडौ । नेकपामा चर्को विवाद चुलिएर अनौपचारीक रुपमा दुई भाग भइसक्दा पनि नेकपाका केही नेताहरु मौन छन् । उनीहरुले ओली र प्रचण्ड कुनै पनि समुहलाई साथ दिएका छैनन् । ति मध्य एक हुन् वरिष्ठ उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल । वादल तत्कालिन माओवादी केन्द्रका तर्फवाट प्रचण्डको सिफारिसमा सरकारमा सहभागी भएका थिए ।
तर प्रचण्ड र माधव नेपाल पक्षका सबै मन्त्रीले राजिनामा दिँदा पनि वादलले गृहमन्त्रीवाट राजिनामा दिएका छैनन् । उनलाई ओली र प्रचण्ड दुवै पक्षले आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् । ओलीले वादललाई नवगठित नेकपा एमालेमा सहअध्यक्ष दिने आश्वासन दिएका कारण उनले राजिनामा नदिएको चर्चा चलेको छ । तर प्रचण्डसंग भने उनले साथ नछोड्ने संकेत गरेको पनि बताइएको छ ।
मंगलवार प्रचण्ड वादललाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए । उनी अहिले सम्म दुवै तर्फवाट गरिएका समानान्तर केन्द्रिय समितिको बैठकमा गएका छैनन् । यतिबेला वालुवाटारमा ओली पक्षको बैठक र ववरमहलमा प्रचण्ड नेपाल समुहको बैठक चलेको छ । तर नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादल उपाध्यक्ष बामदेव गौतमलाई भेट्न भैंसेपाटी गएका छन्।
मंगलबार दिउँसो गृहमन्त्रीसमेत रहेका बादल गौतमलाई भेट्न उनको निवास पुगेका छन्। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै ठाउँमा गरेको केन्द्रीय कार्यसमिति बैठकमा गौतम र बादल सहभागी थिएनन्। उपाध्यक्ष गौतम र बादलबीच अहिले छलफल जारी रहेको गौतम सचिवालयले जनाएको छ ।