गुल्मी । गुल्मीमा ट्रकले ठक्कर दिंदा दुई जना युवकको मृत्यु भएको छ । शनिबार राति ्ट्रकको ठक्करबाट रेसुंगा नगरपालिका–१३ भंगारीका स्थानीय २६ वर्षीय टोपबहादुर रजाली र सोही ठाउँका २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रवीणलाल श्रेष्ठले बताए । चालक र ट्रक प्रहरीको नियन्त्रणमा छन् । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।