काठमाडौं : दैनिक जीवनमा भोजन अत्याश्यक छ । सन्तुलित भोजनले हाम्रो शरीरलाई तन्दुरुस्त बनाउँछ । हरेक मानिस भोजनमा फरक–फरक परिकार खाने गर्दछन। भोजनका सवालमा मानिसहरु कोही मांसाहारी हुन्छन् भने कोही शाका हारी । समाजमा मांसाहारी बढी भेटिन्छन् तर मां’साहारी भन्दा शाकाहारी भोजनमा केही गुणहरु बढी पाइने उनीहरुलाई पत्तो हुँदैन । तुलानात्मक रुपमा मांसाहारी भन्दा शाकाहारी भोजन शरीरका लागी उपयोगी र स्वस्थ्यवर्द्धक हुन्छ । शाकाहारी भोजनका फाइदा यस्ता छन् –
१. मांसाहारी भन्दा शाकाहारी भोजन हलुका हुन्छ, जसलाई सहजै पचाउन सकिन्छ । २. मांसाहारी भोजनभन्दा शाकाहारी भोजन सेवन गर्न कम ऊर्जा खपत हुन्छ । ३. शाकाहारी भोजनले शरीरमा स्फुर्ति पनि बढाउँछ । ४. शाकाहारी भोजन गर्ने मानिसमा मान सिक रोगको सम्भावना कम रहन्छ । ५. यस प्रकारको भोजनले मानव मष्तिकलाई ताजा र टाठो बनाउने गर्दछ । ६. शाकाहारी भोजनमा पनि मांसाहारी झैँ सबै पोषण पाउन सकिन्छ ।
७. मांसाहारी भन्दा शाकाहारी भोजनले पाचन प्रर्णालीलाई नै बलियो बनाउने गर्दछ। ८. शाकाहारी भोजनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउँछ । ९. यस प्रकारको भोजन गर्नेमा छिटो बिरामी हुने र गम्भीर रोग लाग्ने खतरा कम हुन्छ। १०. मांसाहा री भोजनको तुलनामा शाकाहारी भोजनमा विषाक्त पदार्थ कम हुन्छ । ११. शाकाहारी भोजनले शरीरमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ ।
१२. रक्तचाप सन्तुलित राख्न शाकाहारी भोजन उत्तम हुन्छ ।
१३. मांसाहारीको तुलनामा शाकाहारी भोजन गर्ने मानिसलाई मोटोपन कम हुन्छ । १४. शाकाहारी भोजनमा मुटुरोग, कोलेस्ट्रोल लगायतका रोग हुने सम्भावना न्यून हुन्छ । १५. शाकाहारी भोजन गर्नेहरुमा हृद’यघातको सम्भावना कम हुन्छ। शाकाहारी भोजनमा यी दुवै कुरा कम हुने भएकाले शाकाहारीहरूलाई हृदयरोगको सम्भावना कम हुन्छ ।