मोरङ, पौष १४ गते । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सोमवार साँझ बिराटनगर महानगरपालिका-१४ बाट अन्दाजी २ लाख भन्दा बढीको अबैध समान बरामद गरेको छ ।
भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको बोरा तथा हाते झोलामा प्याक गरेको बिभिन्न प्रकारका मोवायलका ईलेक्ट्रोनिक पाटपुर्जा तथा लत्ता-कपडा र खाद्यान्न सामाग्रीहरु समेत गरी अन्दाजी २ लाख ३८ हजार ७ सय ९० बराबरको सामान ल्याई बेवारिसे अवस्थामा छाडेको अवस्थामा फेला पारी बरामद गरेको हो ।
बरामद भएको समान आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय रानी बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।