काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरताबाट बचाउन आफूले संसद विघटनको कदम चालेको बताएका छन् ।
उनले सभामुख र सांसद अराजक भएकाले संसद् विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भएको बताएका हुन । विदेशमा रहेका कार्यकर्तालाई भर्चुअल सम्बोधन गर्दै ओलीले संसद र सभामुखप्रति आक्रोश व्यक्त गर्दै आफूविरुद्ध सभामुख र सांसदहरुले अराजक काम गरेकाले संसद् विघटन गर्न बाध्य भएको बताएका हुन ।
संसद्मा सरकारका निर्णय सभामुखले रोकेर राखेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । नामै नलिई ओलीले एमसीसी अघि नबढाएकोमा सभामुखप्रति आक्रोश व्यक्त गरे ।