कोटेश्वरमा बिहानै पेस्तोल देखाएर लुकपाटको प्रयास

काठमाडौँ– कोटेश्वरमा बिहानै पेस्तोल देखाएर लुकपाटको प्रयास भएको छ । बिहान साढे ६ बजेको समयमा कोटेश्वर चोकमा एक युवकलाई पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ ।

घटनामा संकलग्न भएको आशंकामा केही युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरलाई पेस्तोल देखाएर लुट्न खोजिएको हो ।

उनीसँग मोबाइल माग्दा नदिएपछि समूहमा रहेका युवाले हप्काउँदै मोबाइल मागेका थिए ।तर ती युवकले मावाइल नदिएपछि समूहमा रहेका एक जनाले पेस्तोल निकालेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए।

उनले प्रतिवाद गरेपछि हातबाट पेस्तोल खसेको र उनीहरु भागलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको विष्टले बताए ।